राजविराज । हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा०का मेयर पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान मेयर हुन ।
त्यस्तै, उपमेयर जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२ : ४८ बजे
प्रतिक्रिया