आन्तरिक हवाई उडानमा अत्यधिक चाप

याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी 

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको  छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका  भिम बहादुर योङया निर्वाचित हुनु भएको  हो । 

नेकपा एमालेका उम्मेदवार योङयाले  गठबन्धनका मविन्द्र योङयालाई  ८० मतले पछि पार्दै  विजयी हुनु भएको हो । गठबन्धनबाट काँग्रेसका उम्मेदवार योङयाले ४ हजार  ३८ मत प्राप्त गर्दा  भिम बहादुर योङयाले ४ हजार १ सय १८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै पालिका उपाध्यक्षमा  नेकपा एमालेकी बाबा मेयाङबो   विजयी हुनु भएको छ । माओवादी केन्द्र का अर्जुन कुमार बेघालाई ३  सय १९ मतले पछि पार्दै मेयाङबो  विजयी हुनुभएको हो । बाबा मेयाङबाले  ३ हजार ९ सय ९८ मत प्राप्त गर्दा  बेघाले ३ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएको छ । 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ३२ बजे