तीन प्रदेशमा वर्षाको सम्भावना

बारामा पहिलो महिला वडाध्यक्ष एमालेकी चयन गुरुङ लोकप्रिय मतका साथ प्यानल नै विजयी

बारा । जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत : बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । 

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गर्नुभयो ।  गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी हुनुभएको हो । 

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी हुनुभएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : १४ बजे