दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

पोखरामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २० वर्षीय नबिन थापा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २१ वर्षीय दिपेन्द्र रावतको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १३ प ८१०६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ९३८१ नम्बरको ट्रक हिजो साँझ ५ बजे आपसमा ठोक्किएका थिए । 

ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ०९ बजे