आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अछामको मङ्गलसेन नगरपालिकामा एमालेका उम्मेदवार विजयी

अछाम । मङ्गलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

आज सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका काँग्रेस नमबहादुर शाहीले ५ हजार दुई मत पाउनुभयो । 

यस्तै, उपप्रमुखमा समेत एमालेका सङ्गीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाउनुभयो ।  

उपप्रमुखमै माओवादीका लोकबहादुर बोगटीले ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ। 

नगरप्रमुखमा निर्वाचित भएका बोहरा यसअघि समेत  नगरप्रमुख हुनुहुन्थ्यो । मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र ४ वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ०४ बजे