४१६ पालिकाको नतिजाः काँग्रेस १९३, नेकपा एमाले ११८, माओवादी ८० स्थानमा विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा अहिले बिहान १०:२० बजेसम्मको विवरण अनुसार  ४ सय १६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ९३ नेकपा एमालेले १ सय १८ नेकपा माओवादी केन्द्रले ८० नेकपा एकीकृत समाजवादीले ७ र अन्यले १६ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ८१, नेकपा एमालेले १ सय २१, नेकपा माओवादी केन्द्रले ९० नेकपा एकीकृत समाजवादीले १३ र अन्यले ११ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् । 

यसैगरी, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस १ हजार ९ सय २४ , नेकपा एमाले १  हजार ५ सय, नेकपा माओवादी केन्द्र ८ सय १३, जनता समाजवादी पार्टी  १  सय ४५  र अन्य  ४ सय८  गरी ४ हजार ७ सय ९० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ४४ बजे