तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ महानगरपालिका–५ मा एमालेका प्रजापति विजयी

काठमाडौँ ।  महानगरपालिका–५ मा नेकपा (एमाले)को तर्फबाट वीरेन्द्र प्रजापति विजयी हुनुभएको छ । 

प्रजापतिले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी हुनुभएको हो । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाउनुभएको थियो ।  

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय हुनुभएको छ । 

महिला सदस्यतर्फ काँग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै, प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले छ हजार ७९० मत प्राप्त गर्नुभएको छ । 

स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र शाहले नेकपा(एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिनुभएका स्थापितलाई पछि पारिरहेका छन् । काँग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले छ हजार १२९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ९८ मतले अग्रस्थानमा रहनुभएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । 

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । 

वडा नं १, २, ५ को मत परिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै  तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ  विजयी हुनुभएको छ । 

कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ४८ बजे