आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनको फराकिलो अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गर्नुभएको छ । 

​​​​२१ हजार ४२७ मत गणना गर्दा महर्जनले ११ हजार ९२० मत प्राप्त गर्नुभएको छ  । एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत ल्याउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याउनुभएको छ । 

ललितपुर महानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी हुनुभएको छ । त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुल बहादुर महर्जन विजयी हुनुभएको छ । उहाँले २ हजार १७० मत ल्याउनुभएको छ ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : १४ बजे