तीन प्रदेशमा वर्षाको सम्भावना

भरतपुर महानगरपालिकामा मतान्तर बढाउँदै दाहाल

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको मतान्तर बढ्दै गएको छ । 

गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । 

दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ ।  

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । 

यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : २९ बजे