आन्तरिक हवाई उडानमा अत्यधिक चाप

धनुषाको विदेह नगरपालिकाको मेयरमा एमालेका दास विजयी

जनकपुरधाम । नेकपा एमाले धनुषाको थप एक पालिका प्रमुखमा विजयी भएको छ ।

जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी हुनुभएको हो  । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४ सय २६ मत मात्र ल्याउनुभयो  ।

त्यसैगरी, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवी झा ४ हजार ६ सय ५९ मतका साथ विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार सीमाकुमारी महतोले २ हजार ८ सय २७ मत ल्याउनुभयो ।

मेयरमा निर्वाचित दासअघि नेकपा माओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। तर, पार्टी विभाजनको क्रममा उहाँ माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : १८ बजे