आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँमा राप्रपाको उदय:  शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर विजयी

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौँमा नयाँ इतिहास रच्न सफल हुनुभएको हो  । राप्रपाले ५१८२ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवारले ४,४७८ मत ल्याउनुभएको छ  ।

२०६२/०६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौँमा पहिलो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्नुभएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : १४ बजे