आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

महोत्तरी ।  लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । 

रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी हुनुभएको छ ।

प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गर्नुभएको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिनुभयो । 

त्यसैगरी, उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गर्नुभएको र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गर्नुभएको रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो । अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाभरिमा आठ वटा वडाध्यक्ष र १०० मुनि वडा सदस्यमा मात्र जित हात पारेको थियो ।  

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०३ बजे