आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मदनलाई भौतिकरुपमा सिद्ध्याउनेहरू नै उहाँको विचार सिद्ध्याउन लागेका छन् : उषा किरण

काठमाडौँ – मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले मदन भण्डारीलाई भौतिक रूपमा उहिल्यै सिद्धाउन लागेकाहरू यत्तिखेर उहाँको विचार सिद्ध्याउन लागि परेको बताउनु भएको छ ।

आज मदन आश्रितको २९औं स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष उषा किरणले कतिपय मानिस र दलहरू मदन भण्डारीलाई सम्मान गरेको जस्तो गरी उल्टै उहाँको विचार र सिद्धान्तलाई समाप्त पार्न लागिरहेको बताउनुभयो । ‘मदन भण्डारीलाई महान् हो भनेर भन्ने अनि सँगै चास्नीमा डुबाएका जस्ता शब्दहरू प्रयोग गर्दै गएर अन्तमा उहाँ त कम्युनिस्ट नै हैन, उहाँ त लोकतन्त्र र प्रजातन्त्रवादी हो भनेर कतिपयले प्रचार गर्दै छन् यो गंभिर विषय हो । उहाँ मार्क्सवाद सृजनशील प्रयोग गर्ने व्यक्ति र सिद्धान्तकार नै हो’ अध्यक्ष भण्डारीले भन्नुभयो । ‘मार्क्सवादको सृजनशील प्रयोग गर्ने भनेर त्यतिखेरै नै अन्तर्राष्ट्रिय छवि बनाउनु भएको व्यक्तिलाई त्यति बेला भौतिकरुपमा नै सिद्धाए, अहिले उहाँले प्रजातन्त्र र लोकतन्त्र स्वीकार गर्नू हुन्थ्यो भनेर लोकतन्त्र पुँजीवादीहरूको पेवा हो भने जसरी गलत व्याख्या गरिरहेका छन् ।’ उहाँले भन्नुभयो ।

लोकतन्त्रलाई उहाँले अगिंकार गरेपछि कम्युनिजम उहाँले विसर्जन गर्नुभएको थिएन, जसरी कम्युनिस्ट नहुँदा पनि त कम्युनिजम थियो, यो कुरालाई मदन भण्डारीलाई माया गरेको जस्तो गरेर गलत साबित बनाउन खोज्दै छन्, उहाँले थप्नुभयो – ‘बरु आलोचना गर मार्क्सवाद हो हामीलाई मन परेन भनेर भन्दा हुन्छ, चास्नीमा राखेका जस्ता कुरा गरेर उहाँको विचार माथि आक्रमण बन्द गराउनु पर्दछ’उहाँले भन्नुभयो । 

 हिजो मदन भण्डारीको हत्या हो भनेर आफूहरूले भन्दा हैन त्यो त दुर्घटना हो भनेर भन्ने तत्कालीन सत्तासीनहरू नै  अहिले फेरी त्यो हत्या हो तिमीहरूले किन छानबिन गरेनौँ भन्दै हिँड्नुले त्यो हत्या नै हो भन्ने कुरा पुष्टि हुँदै गएको बताउनुभयो । ‘हामीले त्यो रहस्यमय हत्या काण्ड हो भनेर भन्दा त्यति बेलाको सत्ता पक्षले आकस्मिकरुपमा भएको दुर्घटना हो भनेर स्थापित गर्न खोजे, आज हामीलाई हिलो छ्याप्नका लागि छानबिन कहाँ पुग्यो भनेर प्रश्न उठाइरहेका छन् । त्यत्तिखेर उनीहरू कहाँ थिए ? आज किन हत्या नै हो भन्दै छन्?  यसले मदन भण्डारीलाई समाप्त पार्न जसरी हिजो लागेका थिए आज उहाँको विचार,सिद्धान्त र व्यक्तित्वलाई समाप्त पार्न तिनै लागेको पुष्टि हुँदैन र ? उहाँले प्रश्न गर्नुभयो ।

मदन भण्डारीको विचारलाई नयाँ पुस्तामा लानका लागि अब जेठ ३ र असार १४ गते मात्र यस्ता कार्यक्रम गरेर नपुग्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : ०१ बजे