तीन प्रदेशमा वर्षाको सम्भावना

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्षमा एमाले उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिनानाथ चौधरी विजयी हुनुभएको छ । 
कुल १२ हजार ४ सय २५ खसेको मत मध्ये चौधरीले ४ हजार ८ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । 
उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम चौधरीलाई ९८६ मतान्तरले पराजित गर्नुभएको छ । चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ । 
त्यसैगरी पालिका उपाध्यक्षमा नेपाली काँग्रेसकी कल्पना चौधरी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको हो । 
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शैलेन्द्री कुमारी लेखी (थरुनी)ले ३ हजार ४ सय ५९ मत प्राप्त गर्नुभएको छ । 
६ वटा वडा रहेको सो पालिकामा ३ वटा वडाका अध्यक्षमा नेपाली कांग्रेस, २ वडाध्यक्षमा एमाले र एउटा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
यस गाउँपालिकामा कूल जनसंख्या ३२,०४७ रहेको छ भने कुल मतदाता संख्या १८,९३७ रहेको छ । जसमा ९,३१० पुरुष र ९,६२३ महिला रहेका छन् ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : १७ बजे