तीन प्रदेशमा वर्षाको सम्भावना

भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा बस्नेत र एमालेकी राई उपाध्यक्षमा विजयी 

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट काँग्रेसका सरोज बस्नेत र विजयी हुनु भएको छ । उहाँले ३९८० मत पाउनु भयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुव राईले ३२८८ मत ल्याउनु भयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित राई यस पटक भने ६९२ मतले बस्नेतसँग पराजित हुनु भएको हो ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेकी रमा राई विजयी हुनु भएको छ । राई यस भन्दा अगाडी जिल्ला समन्वय समिति भोजपुरको सदस्य हुनुहुन्थ्यो । उपाध्यक्षमा विजयी राईले ३३८८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार इन्द्रावती राईले ३२९८ मत पाउनु भयो ।

गाउँपालिकाको ९ वटा वडाहरू मध्ये नेकपा एमाले ५ वडा, नेपाली कांग्रेस २ वडा, नेकपा (माओवादी केन्द्र) १ र १ वडामा जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको थियो । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : १२ बजे