तीन प्रदेशमा वर्षाको सम्भावना

कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : बाबुराम भट्टराई 

काठमाडौं – संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि आपसमा तल मिलेको देखिएन ।’ 

निर्वाचन निष्पक्ष नभएको  र निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा. भट्टराईले बताए । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ०५ बजे