आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चार हजार वडा अध्यक्षको अन्तिम नजिता सार्वजनिक : कस्को पोल्टामा कति ?

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ हजार वडा अध्यक्ष पदको नतिजा सार्वजनिक भएको छ । 
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका ६ हजार ७४३ वटा वडामध्ये चार हजार ११० वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा कांग्रेसले १६६९ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एक सय वटा वडामा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले १२७७ वटा वडा जित्दा १०९ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ७२२ वटा वडामा अध्यक्ष जितेको छ । २९ वटा वडामा उसले अग्रता लिइरहेको छ ।

नेकपा एकीकृत समाजवादीले १०५ वटा वडामा अध्यक्ष जितेको छ भने १५ वडामा अग्रता लिइरहेको छ ।

अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ३३७ वटा वडा अध्यक्ष निर्वाचित भएका छन् । २० वटा वडामा अग्रता लिइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : ४८ बजे