तीन प्रदेशमा वर्षाको सम्भावना

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी मेयरमा विजयी

चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ । 

यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी हुनुभएको हो ।

निवर्तमान उपमेयरसमेत रहनुभएकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाउनुभयो ।  

माडीको उपमेयरमा भने गठबन्धनबाट उठेका नेपाली कांग्रेसका खेमप्रसाद महतो ६ हजार ८३० मतले निर्वाचित हुनुभएको छ । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : २३ बजे