तीन प्रदेशमा वर्षाको सम्भावना

विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

सिरहा। सिराको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी हुनुभएकाे छ ।

अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याउनुभएकाे छ । उहाँ ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याउनुभएकाे छ ।  

यस्तै, उपाध्यक्षमा जसपा कि गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँकी निकटम प्रतिस्पर्धी काङ्ग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाउँनुभएकाे छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ३८ बजे