तीन प्रदेशमा वर्षाको सम्भावना

नाम्खामा गठबन्धनको जित

सिमकोट। हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनुभएको छ । 

अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो । 

तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : २२ बजे