तीन प्रदेशमा वर्षाको सम्भावना

भोजपुरको षडानन्द नगरपालिकामा एमाले विजयी

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको विरासत तोड्दै नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी हुनुभएको छ ।  

उहाँले गठबन्धनबाट कांग्रेसका वीरबल राईलाई १ हजार १५ मत अन्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । 

मेयरमा निर्वाचित उदासले ६ हजार ७७२ मत पाउँदा राईले ५ हजार ७५७ मत ल्याउनुभयो । अघिल्लो चुनावमा उदास राईसँगै पराजित हुनुभएको थियो  । 

उपमेयरमा भने गठबन्धनबाट उठेकी नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार २५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याउनु भयो । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ५४ बजे