तीन प्रदेशमा वर्षाको सम्भावना

हरिहरपुरगढीमा गठबन्धनको जित

सिन्धुली। यहाँको हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका बज्रध्वज वाइबा निर्वाचित हुनुभएको छ ।

एक हजार ११३ मतको फराकिलो अन्तरसहित वाइबाले जम्मा चार हजार ७२९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर वाइबाले तीन हजार ६१६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले पाँच हजार ७०३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी निर्मला ठाडामगरले दुई हजार ८५५ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकामा ८ वडा छ । वडा नं १ मा एमाले, २ मा कांग्रेस वडाध्यक्षसहित प्यानलै निर्वाचित भएको छ भने ३ देखि ८ सम्मका ६ वडामा माओवादी अध्यक्ष सहितको प्यानलमै निर्वाचित भएको छ । वडा नं १ मा एमालेका जीतबहादुर थिङ, २ मा कांग्रेसका विश्व राई,  ३ मा माओवादीका कुलबहादुर भोलन, ४ मा कमलकुमार राई, ५ मा साइला लामा, ६ मा एकबहादुर मोक्तान, ७ मा बिचबहादुर मोक्तान, ८ मा धनबहादुर मोक्तानको प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ०२ बजे