तीन प्रदेशमा वर्षाको सम्भावना

बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

तनहुँ।  बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गर्नुभएको हो । 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी हुुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो । 
   

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ५६ बजे