तीन प्रदेशमा वर्षाको सम्भावना

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

रसुवा।  नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिनुभयो । यसअघि  लामा सोही गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो । 

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको हो ।        

 यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय हुनुभएको छ । गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ४५ बजे