तीन प्रदेशमा वर्षाको सम्भावना

बबईमा एमालेको विरासत गुम्यो

दाङ । दाङको बबई गाउँपालिकामा नेकपा एमालेले विरासत गुमाएको छ । २०७४ सालको निर्वाचनमा बहुमतसहित जितेको नेकपा एमालेले यो पटक हार बेहोरेको हो । 

बबई गाउँ पालिकामा नेपाली काङ्ग्रेसका नेता कुलबहादुर खत्रीले ६ हजार ६१५ मतसहित विजयी हुनुभएको छ । खत्रीका निकटतम प्रतिस्पर्धी भुवनेश्वर पौडेलले ५ हजार ५३८ मत प्राप्त गरी पराजय हुनुभएको छ । यस्तै उपाध्यक्ष नेपाली काङ्ग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मतसहित विजयी हुनुभयो भने नेकपा एमालेकी सावित्री बि.क. ले ५ हजार ४१४ मत प्राप्त गरी पराजय हुनुभयो । 

बबईमा नेकपा माओवादी केन्द्रका नेता भिमबहादुर वलीले २ हजार २८ सहित अध्यक्ष पदमा तेस्रो हुनुभयो भने उपाध्यक्षमा केन्द्रकी अन्जु घर्ती २ हजार २५६ मतसहित तेस्रो हुनुभयो । बबईमा नेपाली काङ्ग्रेसले ४ र नेकपा एमालेले ३ वटा वडा जितेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २७ बजे