‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चुलाचुली गाउँपालिका अध्यक्षमा काँग्रेस,उपाध्यक्षमा एमाले

इलाम । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट  राजेन्द्र केरुङ ६ हजार ६५० मतले विजयी बन्नु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत प्राप्त गर्नु भएको छ । 

चुलाचुलीमा नेपाली काँग्रेसले २७ वर्षपछि नेतृत्व आफ्नो पक्षमा ल्याउन सफल भएको छ । उपाध्यक्षमा एमालेबाट  दिल कुमारी लिम्बु (लावती) ४ हजार ४५० मत प्राप्त गरी विजयी बन्नु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शुक्रराज लावतीले ३ हजार ४४२ मत प्राप्त गर्नु भएको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २२ बजे