‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आँधीखोलामा एमाले निर्वाचित

वालिङ। स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी काँग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार २७३ मतले विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गर्नुभयो ।

६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा काँग्रेसका अध्यक्ष निर्वाचित भएका छन् ।

१६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २१ बजे