तीन प्रदेशमा वर्षाको सम्भावना

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

गलकोट। बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनः विजयी हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । काँग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

वडा नम्बर ३ को अध्यक्षमा एमालेका खिमबहादुर सुनार ५९०, ४ को अध्यक्षमा एमालेका तिलक पुन ९०५, ५ मा एमालेका दीपेन्द्र पुनमगर ७९७, ६ मा एमालेका उमेशकुमार बुढामगर ७८१, ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४९७, ८ मा माओवादीका भद्रमणि सुनार ७०९ र वडा नम्बर ९ मा एमालेका खीमबहादुर घर्ती मगर ४०२ मतले विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : १६ बजे