तीन प्रदेशमा वर्षाको सम्भावना

सङ्खुवासभाको भोटखोलामा एमाले निर्वाचित

किमाथाङ्का। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का चुङदाक भोटेलाई ३८७ मतान्तरले पराजित गर्दै भोटखोलाको अध्यक्ष विजयी हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा एमालेकै साहना लामा विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेलाई २५५ मतान्तरले पछि पार्दै उपाध्यक्ष पदमा विजयी हुनुभएको हो । भोटखोलामा यसअघि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : १४ बजे