आन्तरिक हवाई उडानमा अत्यधिक चाप

धनुषाकाे औंरहीमा नेकपा एमाले विजयी

जनकपुरधाम । धनुषा जिल्लामा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको औरही गाउँपालिकामा एमालेले  अध्यक्ष तथा उपाध्यक्ष जितेको हो । 

गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनेमा नेकपा एमालेका उमाशंकर प्रसाद साह रहनु भएको छ । साहले ३ हजार ३ सय २६ मत प्राप्त गर्नु भयो  । उहाँका  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले २ हजार ९ सय २३ मत प्राप्त गर्नुभयो । 

यसै गरी उपाध्यक्ष पदमा नेकपा एमालेका पुनम कुमारी साहले २  हजार ९ सय ९४ मत प्राप्त गरी निर्वाचित हुने भएको छ भने निकटतम प्रतिस्पर्धी रिंकी कुमारी मण्डलले २ हजार ७ सय ९० मत प्राप्त गरेको रत्नेश शशीले जानकारी दिनु भएको छ ।
औरही गाउँपालिकाको ६ वटा वडामा ४ वटा काँग्रेस तथा २ वटामा जनता समाजवादी पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : १२ बजे