तीन प्रदेशमा वर्षाको सम्भावना

भरतपुर महानगरमा रेणु दाहाल अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् ।

१८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् । 

साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । 

यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् । 

भरतपुर–५ मा एक हजार ६१७ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले ६९९ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले ७१७ मत ल्याएर प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : ५७ बजे