तीन प्रदेशमा वर्षाको सम्भावना

चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

मङ्गलबारे।  चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ ।

नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उहाँ गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको हो । केरुङले छ हजार ६५० मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याउनुभएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याउनुभएको छ ।

त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेका दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याउनुभएको हो ।

सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ५८ बजे