तीन प्रदेशमा वर्षाको सम्भावना

महाँकालमा कांग्रेसका केसी विजयी

ललितपुर । महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डोल्मामाया गोले विजयी हुनुभएको छ ।

गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी हुनुभएको छ ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २४ बजे