तीन प्रदेशमा वर्षाको सम्भावना

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी

​​​​​​​सिन्धुपाल्चोक।  बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभयो ।

यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी  निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गर्नुभएको थियो । 

बलेफिमा माओवादी विजयी

बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी हुनुभयो । 

हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी  अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।

भोटेकोसीमा कांग्रेस विजयी

भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गर्नुभएको थियो ।  

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : ०३ बजे