तीन प्रदेशमा वर्षाको सम्भावना

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत ल्याउनुभएको छ ।

 यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का केदारबाबु बस्नेतले पाँच हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका  निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गर्नुभएको छ । 

नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एक वडा जितेको छ ।  कांग्रेसबाट वडा नं १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् ।

एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् । 

मोलुङमा  एमाले विजयी 

मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी   विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत पाउनुभयो । यसैगरी  उपाध्यक्षमा एमालेका उर्मिला खतिवडाले चार हजार २०० प्राप्त गरी विजयी हुनुभएको छ ।  मोलुङका आठवडा मध्ये पाँच वडा एमाले र तीन वडामा कांग्रेसले जितेको छ । 

एमालेबाट वडा नं १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नं २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी हुनुभएको छ ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ५६ बजे