आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भरतपुर महानगरपालिकामा मत गणना जारी : दाहाल ३० मतले अगाडि

चितवन ।  भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । 

दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न। ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहनुभएको छ । 

स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गर्नुभएको छ । 

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा काँग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी हुनुभएको छ । 

एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ०४ बजे