आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मदन-आश्रित स्मृति दिवस मनाइँदै 

काठमाडौँ ।  नेकपा एमालेले आज २९ औँ मदन आश्रित स्मृति दिवस मनाउँदै छ । 

आजकै दिन २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र  सङ्गठन विभाग प्रमुख कुसल  सङ्गठक जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा नेकपा एमालेलेयो दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

विगत वर्षझैँ यो वर्ष पनि एमाले पार्टी कार्यालय मदन नगर बल्खुमा जननेता भण्डारी र कुशल संगठक आश्रितको २९औँ स्मृति दिवसमा अहिले बिहान ८ः३० बजे औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।  

मदन–आश्रित स्मृति सभालाई पार्टी अध्यक्ष के पी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमाले पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारी जानकारी दिनुभयो । 

जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : २१ बजे