तीन प्रदेशमा वर्षाको सम्भावना

कीर्तिपुरको नगर प्रमुखमा काँग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले) का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभएको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : २१ बजे