तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं महानगरपालिकामा बालेन्द्र साहको अग्रता कायम

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायम राखेका छन्। मतगणना सुरु भएदेखि नै अग्रता कामय राखेका साहले पछिल्लो मतपरिणाम अनुसार ७ हजार ६९३ मत ल्याएका छन्।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार १३८ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ६२० मत प्राप्त गर्नु भएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। राष्ट्रिय सभागृहको ६ वटा स्थलबाट मतगणना भइरहेको छ। वडा-१ र २ को अन्तिम मत परिणाम आइसकेको छ। यहाँ ३, ४, ३१ र ३२ नं वडाका मतगणना जारी छ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ४८ बजे