तीन प्रदेशमा वर्षाको सम्भावना

ओखलढुंगामा कांग्रेसका कार्यकर्ताले मतपत्र च्याते

ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडानम्बर ३ को वडाअध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।
कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भईसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : २३ बजे