तीन प्रदेशमा वर्षाको सम्भावना

पाल्पाको निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्वीप’

पाल्पा ।  पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो । 

एमालेका मुक्त बहादुर सारु ६ हजार ६ सय ५२ मत प्राप्त गर्दै पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द प्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गर्नुभयो  । त्यसैगरी उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित निर्वाचित हुनुभएको छ  । उहाँको प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गर्नुभयो । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा निस्दीको वडा नं. १ र ७ मा कांग्रेस र बाँकी वडामा एमालेले विजयी हासिल गरेको थियो । यसपटक भने सबै वडामा एमाले प्यानलसहित विजयी भएको हो ।

गाउँपालिकाको वडा नं. १ मा यम बहादुर राना, २ मा फत्तेसिं दर्लामी, ३ मा नविन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मुक्त बहादुर पाटाको प्यानल विजयी भएको हो । यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरिसकेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : १३ बजे