तीन प्रदेशमा वर्षाको सम्भावना

तनहुँको घिरिङमा गठबन्धनलाई हराउदै एमाले विजयी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा निर्वाचित हुनु भएको छ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनु भएको हो ।

थापाले चार हजार ३३१ मत प्राप्त गरेका छन् भने कुमालले तीन हजार ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष नेकपा एमालेकै राधादेवी अधिकारी निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई १ हजार ७३४ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनु भएको हो ।

अधिकारीले चार हजार ४८१ मत प्राप्त गरेका छन् भने थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन् । उक्त पालिकामा सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ५० बजे