तीन प्रदेशमा वर्षाको सम्भावना

रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस निर्वाचित

भोजपुर । रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई बिजयी हुनुभएको छ ।  सत्ता गठबन्धन दलबाट उमेरदवार बनेका उहाँले एमालेका बलराम राईलाई हराउँदै अध्यक्ष जित्नुभएको हो । 
उहाँले ३ हजार ७७ मत पाएर अध्यक्ष जित्दा एमालेका बलरामले २ हजार ८५१ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ५७७ मत ल्याइ विजय हुँदा  एमालेका कमला देवी राईले २ हजार २१४ मत ल्याउनुभयो । 
यहाँका वडा नम्बर १, ३ र ४ मा माओवादी केन्द्र बिजयी भएको छ भने वडा नम्बर ५, ६, ७ र ८ मा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । वडा नम्बर २ भने स्वतन्त्र उमेरदवार राजकुमार तामाङले जित्नुभएको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ०७ बजे