‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अर्घाखाँचीको छत्रदेवमा कांग्रेसका श्रेष्ठ र एमालेका पन्थी निर्वाचित

अर्घाखाँची । छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित हुनुभएको छ । । यहाँ पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल थियो । अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन् । 

गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी पन्थीले ७ हजार २ सय २४ मत ल्याउनुभयो ।  उपाध्यक्षमा मनिषाले कांग्रेसकी इन्दिरा भुसाललाई २ सय ४८ मतान्तरले पराजित गर्नुभयो । 
उहाँले ७ हजार ५ सय १९ मत ल्याउनुभयो भने  भुसालले ७ हजार २ सय ३५ मत ल्याउनुभयो । 
यो ठाउँमा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका पालिका अध्यक्षमा लेखनाथ पोखरेल र उपाध्यक्षमा कांग्रेसकै तुल्सीदेवी श्रेष्ठले भारी मतान्तरले जित्नुभएको थिायो । त्यतिबेला यहाँ कांग्रेस  एक्लै लडेको थियो । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५४ बजे