दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

घोराहीमा एमाले अघि अघि, गठबन्धन पछि पछि 

दाङ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धन पछि परेको छ । गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रतालाई कायम गरेको हो । 

दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार ८२८ मतको अन्तरमा झारेको छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले १३ हजार १ मत ल्याउनुभएको छ भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमन्ड) ले ११ हजार १७४ मत ल्याउनुभएको छ । एमालेका चौधरीले मतान्तर बढ्दै गएको छ । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हुमा डिसीले १२ हजार ५२२ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट काँग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १२ हजार ४५० मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबिच ७२ मतान्तर छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४६ बजे