तीन प्रदेशमा वर्षाको सम्भावना

स्याङ्जाको भीरकोट र गल्याङ नगरपालिकामा कांग्रेसकाको जित

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसकाका गुरुप्रसाद भट्टराई र उपप्रखमा हेमा न्यौपानेले जित्नुभएको छ । सोमबार सम्पन्न मतगणनाका अनुसार नेपाली कांगे्रसका गुरुप्रसाद भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । भट्टराईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्यप्रसाद गैह्रेले  ८ हजार ९२२ मत ल्याउनुभएका छ ।

भट्टराई र गैह्रे बीचको मतान्तर ६९९  रहेको छ । त्यस्तै उपप्रमुखमा कांगे्रसकै हेमा न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ९ हजार ११  मत सहित विजयी हुनुभएको हो । उहाँकाका प्रतिस्पर्धी नेकपा एमालेकी देवी थापाले ९ हजार ५५ मत ल्याउनुभएको छ । गल्याङ नगरपालिकामा २९ हजार ५५७ जना मतदाता रहेकोमा १९ हजार ८८० जनाले मतदान गरेका थिए ।

त्यस्तै वडा नं। १, ३, ४, ६, ९ र १०  गरी ६ वडामा नेपाली कांगे्रसले वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले वडा नं। २, ७, ८ र ११ मा वडा अध्यक्ष जितको छ भने वडा नं। ५ मा नेकपा माओवादी केन्द्रले जितको छ । २९ हजार ५५७ मतदाता मध्ये १९ हजार ८९० जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका भुपराज अधिकारी विजयी हुनु भएको थियो । 

यसैबीच भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी हुनुभएको छ ।  उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो ।  कर्माचार्यले  ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने  उहाँको प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ ।  अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ ।  भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सिटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरू विजयी हुनुभएको छ । भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।

५ नगरपालिका रहेको जिल्लामा वालिङमा एमालेको अग्रता रहेको छ भने चापाकोट र पुतली बजारमा कांगे्रस नै अगाडि रहेको छ । ६ गाउँपालिका मध्ये काली गण्डकी र हरिनासमा एमालेले जितेको छ । अन्यको मतगणना भइरहेको छ

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४३ बजे