आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चम्पादेवीको अध्यक्षमा कांग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी

ओखलढुंगा । चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।  

२०७४ को स्थानिय तहको निर्वाचनमा केसी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गरेका छन् ।  

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगरले जितेकी छिन् । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित भएकी हुन् । नेपाली काँग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गरेकी छिन् ।  

पालिकाको १० वडा मध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी रहेको तीन मध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा नं.१ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं.१० मा रोहित प्रसाद ढुङ्गेलले नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका छन् । 

यसैगरी वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमाले बाट वडा अध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ आमोवादी केन्द्रका गणेश खत्रीले चुनाव जितेका छन् । 
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : २९ बजे