मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपति सिद्धारा संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई

बेइजिङ। चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त अरब इमिरेट्सका नव नियुक्त राष्ट्रपति शेख मोहम्मद बिन जाइद अल नयानलाई बधाई ज्ञापन गर्नुभएको छ । 

शेख मोहम्मद संयुक्त अरब इमिरेट्स्को नयाँ राष्ट्रपति चयन भएकामा उहाँले बधाई दिनुभएको हो । नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताउनुभएको छ ।

​​​​​​​

शेख मोहम्मद शुक्रबार मात्र संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्रपतिमा नियुक्त हुनुभएको थियो । उहाँसँग मिलेर काम गर्न चीन सदैव तत्पर रहेको भन्दै राष्ट्रपति सिले आगामी दिनमा चीन र संयुक्त अरब इमिरेट्स्को सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने बताउनुभएको छ । 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : १८ बजे