तीन प्रदेशमा वर्षाको सम्भावना

बैतडीको सिगासमा अध्यक्षमा काँग्रेस  र उपाध्यक्षमा एमाले  विजयी

बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरि सिंह धामी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो । यसअघि २०७४को निर्वाचनमा समेत यी दुवै जना बिचको प्रतिस्पर्धामा धामी विजयी हुनुभएको थियो । ५वर्षे कार्यकाल सकुशल बिताउनुभएका धामी पुनः अध्यक्षमा दोहोरिनुभएको हो । 

निर्वाचन जित्दै गर्दा अध्यक्ष धामीले ३ हजार ४ सय ४९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जसबिर बोहराले १ हजार ८ सय मत ल्याउनुभयो ।

 गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका धाना धामी विजयी हुनुभएको छ । उपाध्यक्ष धामीले २ हजार ९ सय ३९मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुमित्रा ऐरले २ हजार ६ सय ९६ मत प्राप्त गर्नुभयो  । 

सिगास गाउँपालिकाको वडा न. १मा काँग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐरी, ३मा काँग्रेसका अमरसिंह धामी, ४ मा काँग्रेसका हरिसिंह बोहरा,५मा एमालेका राजेन्द्र चन्द, ६मा काँग्रेसका तेज बहादुर बोहरा, ७ मा काँग्रेसका कृष्ण कुमार साउद, ८मा एमालेका केशव बहादुर बोहरा र वडा न.९ मा काँग्रेसका कृष्ण सिंह धामी विजयी हुनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ३८ बजे