तीन प्रदेशमा वर्षाको सम्भावना

ओखलढुंगाको चम्पादेवीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एमाले  विजयी

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी विजयी हुनुभएको छ भने  उपाध्यक्षमा  नेकपा एमालेकी दिलामाया मगर विजयी बन्नुभएको छ । 

अध्यक्षमा केसीले ४ हजार ७ सय १५ मत ल्याउनुभयो भने उपाध्यक्षमा मगरले ४ हजार ६ सय १३ मत प्राप्त गर्नुभयो । 

केसीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्कीले ४ हजार ५ सय ६० मत प्राप्त गर्नुभयो ।  मगरकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कुसा पुलामी मगरले ४ हजार ४ सय ४७ मत प्राप्त गर्नुभयो । 

नेकपा एमालेबाट बागी बनेर अध्यक्षमा उम्मेद्वारी दिएका खेम मिश्रले खरायो चुनाव चिन्हमा २ सय ५६ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : २४ बजे